अबदेखि कर विवरणसँग रुजु गरेर मात्रै बैंकबाट ऋण

काठमाडौं । दोहोरो वित्तीय विवरण बनाउने प्रवृत्ति बढेपछि नेपाल राष्ट्र बैंकले आन्तरिक राजस्व विभागको विवरणसँग दाजेर मात्रै व्यवसयाीलाई ऋण दिन निर्देश दिएको छ। राष्ट्र बैंकले शुक्रबार सूचना जारी गर्दै कर कार्यलयमा बुझाएको वित्तीय विवरणको आधारमा ऋण दिने वयवस्था गर्न निर्देशन दिएको हो।

यस अघि ६ भदौमा अर्थमन्त्रालयको राजस्व व्यवस्थापन महाशाखाले राष्ट्र बैंकलाई पत्र पठाउदै एउटै विवरण प्रयोग गर्ने व्यवस्था मिलाउन आग्रह गरेको थियो। व्यवसायी तथा व्यवसायिक फर्मलाई  ऋण प्रवाह गर्दा राजस्‍व विभागको एकीकृत कर प्रणालीमा समावेश गरिएको ऋण लिन चाहेको ब्यक्तिले भर्नु पर्ने वित्तीय विवरणसँग सबन्धित सूचना र त्यसको विवरणको आधारमा स्वीकृत ऋण रकम र मिति अनिवार्य उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ।

ब्यवसायीले ऋण लिन बढी नाफा गरेको विवरण बैंकमा बुझाउने र सरकारलाई कम कर तिर्न अर्को विवरण आन्तरिक राजस्व विभागमा बुझाउने प्रवृत्ति बढेपछि एउटै विवरण प्रयोगमा ल्याउन खोजिएको हो।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एसिया प्यासिफिक डिजिटल ट्यालेन्ट समिटमा नेपाली विद्यार्थीले जिते पिपल्स च्वाइस अवार्ड

काठमाडौं । नेपाली विद्यार्थीहरुले आविष्कार गरेको एआई प्रोजेक्टले चीनको नानिङ र सेन्जेनमा भएको एसिया प्यासिफिक …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds