लालीगुराँसको १८औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाको १८औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । शहरी विकास मन्त्री दिलनाथ गिरीको प्रमुख आतिथ्यमा सम्पन्न सभाले संस्थाको वार्षिक कार्यक्रम तथा बजेट पारित गरेको छ ।

सभामा संस्था सञ्चालक समितिका अध्यक्ष अमरदास श्रेष्ठले चालू आव २०७३/७४ मा सहकारीले गरेको उपलब्धि, भावी योजना, सम्भावना र भविष्यमा आउन सक्ने चुनौतीबारे जानकारी गराएका थिए ।

कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले सहकारी संघसंस्थाबाट प्रत्यक्ष रूपमा दुई लाखभन्दा बढी व्यक्तिले रोजगारी प्राप्त गरेको उल्लेख गरेका थिए । उक्त संस्थाले चालू आवमा सरकारलाई चार करोड ७१ लाख ९७ हजार राजस्व बुझाएको छ।

आव ०७३/०७४ मा नौ करोड ७१ लाख ४६ हजार रुपैयाँ मुनाफा आर्जन गरेको संस्थाले कुल कारोबार पाँच अर्ब २३ लाख ९८ हजार तीन सय ६८ रुपैयाँ पुर्‍याएको छ। संस्थाले कर्जा लगानी तीन अर्ब ४० करोड आठ लाख ५२ हजार रुपैयाँ रहेको छ भने सेयर पुँजी ३७ करोड ५५ लाख २० हजार रहेको छ ।

संस्थाले बहुउद्देश्यीय लगानीतर्फ हाल लालीगुराँस हस्पिटल, लालीगुराँस एजुकेशन फाउण्डेशन, जय लालीगुराँस इन्भेष्टमेण्ट एण्ड ट्रेडिङ कम्पनीलगायत सञ्चालन गरिरहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

बिजनेस इन्टरेष्ट ग्रुपको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल नियुक्त

काठमाडौँ । बिजनेस इन्टरेष्ट ग्रुप अफ ईण्डष्ट्रिज लिमिटेडले प्रति शेयर १०० रुपैयाँ अंकित दरको ४५,००,००० …

प्रतिकृया दिनुहॊस

This will auto close after