Gold bars

सुनको मूल्य केही घट्यो

काठमाडौँ । सुनको मूल्य बिहीबार घटेको छ। नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर ७३ हजार चार सय रुपैयाँ पुगेको छ।

बुधबार छापावाला सुनको मूल्य तोलामा ७३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै तेजाबी सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर ७३ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ भने बुधबार तेजाबी सुनको मूल्य तोलामा ७३ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य तोलामा नौ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सरकारले विदेशी मुद्रा सिफारिस नदिँदा भुक्तानी बाँकी छ, हामीमाथि विभेद भयो : इस्पान

काठमाडौं । इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आइस्पान)ले सरकारले विभेदकारी नीति अँगालेको आरोप लगाएको छ । …

प्रतिकृया दिनुहॊस