सुनको मूल्य केही घट्यो

काठमाडौँ । सुनको मूल्य बिहीबार घटेको छ। नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर ७३ हजार चार सय रुपैयाँ पुगेको छ।

बुधबार छापावाला सुनको मूल्य तोलामा ७३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै तेजाबी सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर ७३ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ भने बुधबार तेजाबी सुनको मूल्य तोलामा ७३ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य तोलामा नौ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री