मेलम्ची खानेपानी आयोजना : श्रमिकको ज्याला ३ करोड सरकारले भुक्तानी गर्दै  

काठमाडौं । मेलम्ची खानेपानी आयोजना निर्माणका क्रममा इटालीयन ठेकेदार कम्पनी सीएमसीले काममा लगाएका श्रमिकहरूको ज्याला बापतको रू. ३ करोड २ लाख सरकारले भुक्तानी गर्ने भएको छ । गत पुसमा आयोजनाको ठेक्का तोडी सीएमसी नेपालबाट फर्केपछि ६८० श्रमिकहरूको ज्याला भुक्तानी हुनसकेको थिएन ।

खानेपानी मन्त्रालयका अनुसार सीएमसीले ज्याला नदिएका मजदूरलाई सरकारले राहतस्वरूप उक्त ज्याला दिन लागेको हो । खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासेले श्रमिकको ज्याला वापतको रकम भुक्तानीका लागि सरकारले आवश्यक प्रक्रिया अघि बढाएको जानकारी दिए ।

उनका अनुसार सीएमसी कम्पनीसँग काम गरेका श्रमिकहरूले रू. ३ करोड २ लाख भुक्तानी पाउन बाँकी रहेको माग दाबीसहितको निवेदन मन्त्रालयमा पेश गरिएको थियो । त्यसै आधारमा सरकारले भुक्तानी प्रक्रिया अघि बढाएको सचिव बेल्बासेको भनाइ छ ।

यसैबीच सरकारले मेलम्ची खानेपानी आयोजनाको पानी ल्याउने समय पुनः निर्धारण गर्दै कुनै अवरोध नरहे १० महीनामा काम सकेर धारामा पानी आउने बताएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बीवाईडीले सार्वजनिक गर्‍यो विजेता, ११ जनाले जर्मनी गएर युरोकप हेर्न पाउने

काठमाडौं । बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले युरोकप हेर्न जान पाउने लक्की ड्र …

प्रतिकृया दिनुहॊस