नेपाल टेलिकमको फोरजी सेवा : कात्तिकभित्र २० शहरमा विस्तारको तयारी

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) ले आउँदो कात्तिकभित्र देशका २० शहरमा फोरजी सेवा शुरू गर्ने तयारी गरेको छ । १ वर्षभित्र सातै प्रदेशमा फोरजी विस्तार गर्ने योजना अन्तर्गत पहिलो चरणको तयारी सुरु गर्न गर्न लागिएको टेलिकमले जनाएको छ ।

टेलिकमले १९ अर्ब रुपैयाँमा देशभर फोरजी सेवा विस्तार गर्ने जिम्मा २०७५ माघमा दुई चिनियाँ कम्पनीलाई दिइसकेको छ । तीमध्ये सीसीएसआईले रेडियो एक्सेस नेटवर्क विस्तार र जेटीई कर्पोरेशनले कोर नेटवर्क विस्तारको जिम्मा पाएका छन् ।

टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीका अनुसनर पहिलो चरणमा २० भन्दा बढी शहरमा फोरजी सेवा पु¥याउने योजना रहेको छ । टेलिकमले दूरसञ्चार प्राधिकरणबाट २०७३ कात्तिकमा फोरजी सेवा सञ्चालन गर्न स्वीकृति पाएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री