डोरियन आँधी : उत्तर-पश्चिमी बहामसमा क्याटगरी पाँचको शक्तिशाली आँधी

काठमाडौं । प्रतिघण्टा २८५ किलोमिटरको वेगमा डोरियन नामक क्याटगरी पाँचको शक्तिशाली समुद्री आँधी उत्तर-पश्चिमी बहामस पुगेको छ। समुद्री आँधीसम्बन्धी अमेरिकी निकाय एनएचसीका अनुसार आधुनिक तथ्याङ्क राख्न थालिएयताकै डोरियन ‘अति खतरानाक’ आँधी हो।

ग्र्याण्ड बहामाका बासिन्दाहरूलाई आँधीको अनुमानित मार्गबाट अन्यत्र सारिएको छ। जनजीवनका लागि आँधी घातक हुन सक्ने र सात मिटर उचाइसम्म पुग्न सक्ने भन्दै अधिकारीहरूले सचेत गराएका छन्।

स्थानीय समय अनुसार दिउँसो १२ बजेर ४० मिनेटमा आँधी उत्तरी बहामसमा पर्ने एबाको टापुको एल्बोकी पुगेको थियो। स्थानीय बासिन्दाहरूले केही घरहरूमा बाढी पसेको र आँधीले घरका छाना उडाएको दृश्यसहितका फूटेजहरू पोस्ट गरेका छन्।

डोरियन आँधी ग्रेट एबाको टापु र नजिकका क्षेत्र अथवा ग्र्याण्ड बहामा टापुमा आइतवार अबेर वा सोमवारसम्म पुग्ने अपेक्षा गरिएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री