इन्भेष्टमेन्ट बैंकको ८२ औं शाखा बालुवाटारमा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्नो ८२ औं शाखा काठमाडौं–४, बालुवाटारमा विस्तार गरेको छ । नयाँ शाखा स्थानीय माग पूरा गर्नेगरि लकर सुविधा सहितका पूर्ण शाखाका रूपमा सञ्चालित हुने बैंकले जनाएको छ ।

बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले बैंक सञ्चालक समितिका सदस्यहरूका साथै बैंकका वरिष्ठ अधिकारीहरू र स्थानीय सहयोगीहरूका बीचमा शाखाको उद्घाटन गरेका हुन् । काठमाडौं उपत्यकाभित्र २५ औं शाखाका रूपमा रहेको यो शाखा प्रधानमन्त्रीको निवास, नेपाल राष्ट्र बैंक र अन्य संस्थागत भवनहरू भएको स्थानमा अवस्थित छ ।

यस बैंकले यो विस्तारभन्दा अघि हालैमात्र जेबिल्स फाइनान्स लिमिटेडलाई प्राप्ति गरेको थियो र बैंकले यसअघिका ग्रामीण विस्तारसँगै यो शाखा थप भएपछि यसको कुशलतामा आधारित सञ्चालन अझ प्रभावकारी हुने दाबी गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले ८२ शाखा, १२० एटीएम, १४ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५४ शाखारहित बैंकिङ काउन्टरमार्फत् आफ्ना ग्राहकलाई सेवा पुर्याउँदै आएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक विरुद्ध पृथ्वी) अभियानमा ऐक्यबद्धता जनाउँदै …

प्रतिकृया दिनुहॊस