नेपालमा महिन्द्रा एक्सयूभी ३०० को मूल्य सार्वजनिक

काठमाडौं । भारतीय बजारमा अध्याधिक रुचाइएको सबकम्प्याक्ट एक्सयूभी ३०० कम्पनीको लेटेस्ट डिजाइन र अध्याधुनीक सैग्मेन्ट फस्ट थूप्रै विशेषतासहित आएको एसयूभी हो । महिन्द्रा एण्ड महिन्द्राको आधिकारीक वितरक अग्नी इन्कर्पोरेटले यस पटकको नाडा अटो शोमा बहुप्रतिक्षीत एक्सयूभी ३०० र नयाँ एमपीभी मराजोसहित  टीयूभी ३०० र स्कर्पीयो पिकअप राख्ने जानकारी दिएको छ ।

यो एसयूभी डब्लु ४, डब्लु ६, डब्लु ८  र डब्लु ८ (अफ्सनल) चारवटा भेरियन्टमा उपलब्ध हुनेछ । नयाँ एक्सयूभी ३००को मूल्य पेट्रोल मा डब्लु ४ वर्गका लागि रु ३९ लाख ७५ हजार र डब्लु ८ (अफ्सनल) वर्गका लागि रु ५६ लाख ५० हजार ००० त्यस्तै गरि डिजेलमा डब्लु ४ वर्गका लागि रु ४१ लाख २५ हजार, डब्लु ६ वर्गका लागि रु ४५ लाख, डब्लु ८ वर्गका लागि रु ५१ लाख ५० हजार र डब्लु ८ (अफ्सनल) वर्गका लागि रु ५७ लाख २५ हजार तोकिएको छ र यी सवारीसाधनहरू नेपालभरि रहेका अग्नि इन्कर्पाोरेटेडका डिलर सञ्जालमा उपलब्ध हुनेछ ।

यो एसयूभी ६ रंगहरू जस्तैः एक्वा मरिन, सनब्रस्ट ओरेन्ज, रेड रेज, पर्ल ह्वाइट, नपोली ब्लाक, डी–स्याट सिल्भर मा उपलब्ध छ भने  एक्वा मरिन र तथा रेड रेज डब्लू ८ (अप्सनल) प्याकमा मात्र उपलब्ध छ ।

एक्सयूभी ३०० कम्फर्ट मोडमा सहरी ट्राफिकमा सहजतापूर्वाक सञ्चालन गर्ने सुविधा प्राप्त हुन्छ भने स्पोर्ट मोर्डले उच्च गति र जोशका लागि तपाईको आवश्यकता पूरा गर्छ । यस पटकको नाडा अटो शोमा महिन्द्राको सब फोर मिटर एसयूभी एक्सयूभी ३०० र नयाँ एमपीभी मराजो विशेष आकर्षणको रुपमा रहनेछ । मराजो एम ६ को मूल्य रु ५८ लाख २० हजार र एम ८ को मूल्य रु ६४ लाख ३० हजार तोकिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री