बलिउड नायिका ऐश्वर्याका कारण निर्देशक परे डिप्रेसनमा

काठमाडाैं । फेसन, पेज थ्री र हिरोइनजस्ता फिल्म बनाएका बलिउड निर्देशक मधुर मण्डारकर ऐश्वर्या राय बच्चनका कारण एक समय डिप्रेसनमै परेको थाहा भएको छ। २०११ मा मधुरसँग ऐश्वर्या राय बच्चनले हिरोइन फिल्मका लागि साइन गरेकी थिइन्।

तर खुसी त्यतिबेला निराशामा परिणत भयो जतिबेला ऐश्वर्याले प्रेगनेन्ट हुँदाहुँदै पनि फिल्म साइन गरेको मधुरले पत्ता लगाए। मधुरलाई प्रेगनेन्सीको खबर एक न्युज च्यानलबाट प्राप्त भएको थियाे।

फिल्मको सिनमा अभिनेत्रीले स्मोक गर्नुपर्ने थियो। अन्य त्यस्ता सिन पनि थिए जसले गर्भवती महिलालाई हानि पु¥याउन सक्थ्यो। फिल्म उद्योग विश्वासमा चल्छ, जसलाई ऐश्वर्याले तोडेकी थिइन्,’ मधुरले भने, ‘यस्तो थाहा भएपछि म आठ दिनसम्म अफिस गइनँ।

हामीले सम्झौता रद्द गर्यौँ। यही कारण म डिप्रेसनमा गएँ।’ यो खबर आजको नयाँ पत्रिकामा छापिएको छ। यस फिल्म बनाउन मधुले डेढ वर्षसम्म त रिसर्च नै गरेका थिए।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

तारले रुखमा बाँधेर जलाइएको अवस्थामा भेटियो युवकको शव

काठमाडौं । काभ्रेमा रुखमा बाँधेर जलाइएको अवस्थामा एक जना पुरुषको शव फेला परेको छ । …

प्रतिकृया दिनुहॊस