सुनको मूल्यमा कीर्तिमान, प्रतितोला ७३ हजार ५०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । सुनको मूल्यले नयाँ कीर्तिमान बनाउँदै सोमबार प्रतितोला ७३ हजार ५०० रुपैयाँमा कारोबार भएको हो । सुनको मूल्यमा यो हालसम्मकै उच्च दर हो ।

नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ७२ हजार ५०० मा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार प्रतितोला एक हजार रुपैयाँले बढेर ७३ हजार ५०० रुपैयाँ मा कारोबार भएको हो ।

यस्तै तेजाबी सुन ७३ हजार २०० मा कारोबार भएको महासंघले जनाएको छ । यस्तै सोमबार चाँदीको मूल्य प्रतितोला ८६० रुपैयाँ कायम भएको छ । आइतबार चाँदी प्रतितोला ८५० रुपैयाँमा कारोबार भएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कुमारी बैंकका ग्राहकलाई कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पतालमा विषेश छुट

काठमाडौँ । कुमारी बैंक लिमिटेड र बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पताल तथा रिसर्च केन्द्रबीच …

प्रतिकृया दिनुहॊस