काठमाडौं–तराई द्रुतमार्ग : सेनाले बुझाएको विस्तृत परियोजना प्रतिवेदन स्वीकृत

काठमाडौं। काठमाडौं–तराई मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणका लागि नेपाली सेनाले बुझाएको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) स्वीकृत भएको छ । सेनाले बुझाएको साढे चार महिनापछि सरकारले द्रुत मार्गको डीपीआर स्वीकृत गरेको हो । डीपीआर स्वीकृत भएसँगै फास्ट ट्र्याक निर्माणको बाटो खुलेको छ ।

डीपीआर स्वीकृत भएसँगै निर्माणका लागि बाटो खुलेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बताए । सेनाले गत ५ चैतमा कोरियाली कम्पनी सुसुङले बनाएको द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को मस्यौदा रक्षा मन्त्रालयमा बुझाएको थियो । रक्षा मन्त्रालयमार्फत १२ चैतमा मन्त्रिपरिषद्मा पुगेको थियो ।

सेनाले बुझाएको डीपीआरमा फास्ट ट्र्याक निर्माणका लागि १ खर्ब ५५ अर्ब लाग्ने प्रस्ताव गरेको थियो । स्रोतका अनुसार सरकारले डीपीआर सोहीअनुसार नै स्वीकृत गरेको हो । सो रकममा मूल्य अभिवृद्धि कर भने समावेश गरिएको छैन । करसमेत समावेश गर्दा फास्ट ट्र्याकको लागत १ खर्ब ७५ अर्ब लाग्नेछ ।

सेनाले द्रुत मार्गको सुपरिवेक्षण गर्नका लागि समेत ६ वटा विदेशी कम्पनीको प्रस्तावना लिइसकेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री