धादिङमा चट्याङ लागेर एक जनाको मृत्यु

धादिङ । धादिङको उत्तरी क्षेत्रमा पर्ने गंगाजमुना गाउँपालिका– ३ पोखरा साँधनमा चट्याङ लागेर एक जना वृद्धाको ज्यान गएको छ ।

पोखरा गाउँ निवासी ६० वर्षीया धनकुमारी गुरुङको साँधनको जंगलमा ज्यान गएको गंगाजमुना गाउँपालिकाका स्वास्थ्य संयोजक लिपक अधिकारीले जानकारी दिए ।

गोठालो जानुभएकी गुरुङ गाईवस्तुसहित घर फर्कन लाग्दा चट्याङ परेको थियो । चट्याङ लागेर गुरुङको घटनास्थलमा नै ज्यान गएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री