नेपाल-भारत संयुक्त आयोगको पाँचौँ बैठक बुधबारदेखि काठमाडौँमा हुने

काठमाडौँ । नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक आउँदो बुधबारदेखि काठमाडौँमा हुने भएको छ । बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री डा. सुब्रह्मण्यम जयशङ्कर बुधबार नै नेपाल आउँदै छन् । प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालमा विदेशमन्त्री नियुक्त भएपछि जयशङ्कर पहिलो पटक नेपाल आउन लागेका हुन् ।

भदौ ४ देखि दुई दिनसम्म चल्ने बैठकमा विशेष गरी पाँचवटा एजेन्डामा गहन छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठकको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय समकक्षी जयशङ्करले संयुक्त अध्यक्षता गर्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नेपाल–भारत संयुक्त बैठकले द्विपक्षीय सम्बन्धको समग्र पुनरवलोकन गर्ने छ ।

सहकार्यका धेरै क्षेत्रहरू रहेकोले आर्थिक साझेदारीलाई विभिन्न क्षेत्रसँगको सञ्जालसँग जोड्दै व्यापार, भन्सार, पानीका स्रोत, संस्कृति, शिक्षा तथा अन्य आपसी हितका विषयमा छलफलसँगै नयाँ निर्णय हुने छ । नेपाल–भारत संयुक्त आयोगको स्थापना सन् १९८७ मा भएको थियो । यसअघि आयोगको चौथो बैठक सन् २०१६ मा भारतको दिल्लीमा भएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रवि र छबिविरुद्ध चितवनमा किटानी जाहेरी

काठमाडौं । चितवनको साहारा सहकारीको बचत रकम हिनामिना प्रकरणमा बचतकर्ताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति …

प्रतिकृया दिनुहॊस