सुदूरपश्चिममा ओल्के पर्व मनाइँदै

बैतडी । भदौ १ अर्थात ओल्के सक्रान्ति। बैतडी सहित सुदूरपश्चिममा हर्षोल्लासका साथ योे पर्व मनाईदैछ। ओल्को भन्नाले उपहार वा कोसेली भन्ने बुझिन्छ। आफूभन्दा ठुलाबडा, मान्यजन वा जेष्ठ नागरीकलाई सम्मान स्वरुप कर्कलाको भित्री पात, फलफुल आदि दिनु, मीठो–मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता रही आएको छ ।

यसका साथै विहानै धुहाईधुवाई गरी विभिन्न परिकारहरू बनाएर कृषिसँग सम्बन्धित औजार तथा फलफूल आजका दिन आफन्तलाई ओल्को अर्थात उपहार दिने  पनि गरिन्छ । वर्षा पछि संकटबाट बचेको र नवजीवन प्राप्त भएको खुशियालीमा यस क्षेत्रमा ओल्को मनाउने प्रचलन रहेको पण्डित दयाकृष्ण पन्तले बताए। यो दिन ओल्कोको रुपमा फलफुल, सागपात, अन्न, दुध, दहि, घिउ,गूड र पक्वान्न आदि मान्यजन र आफन्त कहाँ लगेर भेटघाट गर्न जाने चलन रहेको छ।

धेरै जसो ठाउंमा मन्दिरमा अन्न चढाई ओल्को हाल्दछन्। यो पर्व कुनै धार्मीक वा पौराणिक उत्प्रेरणाबाट प्रभावित नभई यस भेगका बासिन्दाहरुको मौलिक पर्व रुपमा पनि रही आएको छ। यसलाई सिंह संक्रान्ती पनि भन्ने गरिएको छ। यो पर्व नेपालको सुदूरपश्चिमका साथै  भारतको कुमाउँ गढवालतिर मनाईन्छ।

ओल्के संक्रान्तिका दिन गाँउ नजिकका डाँडामा सबै जना मिलेर रूखका हांगाबिंगा, झ्याङ तथा अन्य बोटबिरुवा काटेर एक ठाउँमा थुप्रो बनाइन्छ। यो थुप्रोलाइ स्थानिय भाषामा ‘बुढी हालेको’ भन्दछन्। यो बूढीलाइ असोज संक्रान्तिका साँझ गाँउका सबै जना मिलेर एकैसाथ पोल्ने चलन छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री