राष्ट्रिय वाणिज्य बैंकको नाफा ५ अर्ब

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले गएको आर्थिक वर्षमा ५ अर्ब ३२ करोड रुपैयाँ नाफा कमाएको छ। पूर्ण सरकारी स्वामित्वको यो बैंकले अघिल्लो वर्षको तुलनामा ४६ प्रतिशतले नाफा बढाएको हो।

अघिल्लो वर्ष ३ अर्ब ६५ करोड नाफा कमाएको बैंकले गएको वर्ष १ अर्ब ६७ करोड नाफा बढाएको हो। बैंकले ऋण प्रवाहमा आउने ब्याजबाटमात्र १० अर्ब २२ करोड रुपैयाँ कमाएको छ।

गएको एक वर्षमा बैंकले निक्षेप र कर्जा उत्तिकै बढाएको छ। २६ अर्ब बढाएर १ खर्ब ९० अर्ब निक्षेप राखेको बैंकले यो बीचमा २७ अर्बले कर्जा बढाएर १ खर्ब ४४ अर्ब पुर्‍याएको छ।
बैंकको चुक्ता पूँजी ९ अर्ब छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री