अमेरिकाले दिएन सन्दीप लामिछानेको भिसा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेलाई अमेरिकाले प्रवेशाज्ञा (भिसा) दिन मानेन । वेष्ट इण्डिजमा हुने क्यारेबियन क्रिकेट लिग (सीपीएल) खेल्न जाने तयारी गरेका सन्दीपलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको हो ।

खेलाडी सन्दीपले मंगलबार काठमाडौंस्थित अमेरिकी दूतावासमा भिसाको निवेदन दिन गएका थिए । तर, अमेरिकाले उनलाई भिसा दिन अस्विकार गरिदिएकाे छ । भिसा नपाएपछि सामाजिक संजाल ट्वीटरमा अमेरिकाले भिसा दिन अस्वीकार गरेको भन्दै नेपाल सरकारसँग गुनासाे पाेखेका छन् ।

यससँगै उनले आफु सन् २०१६ देखि थुप्रै विदेशी लिगमा नेपालको प्रतिनिधित्व गरिरहेको साे ट्वीटमा जानकारी गराउँदै अमेरिकाले भिसा नदिएकोमा आफु चकित भएको भनेका छन् । सीपीएल क्रिकेट भदौ १८ देखि असोज २५ गतेसम्म संचालन हुनेछ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

हेमन्त धामीको कप्तानीमा यू-१९ एसिया कपका लागि नेपाली टिम घोषणा, को-को परे टोलीमा ?

काठमाडौं । एसियन क्रिकेट काउन्सिल (एसीसी) को आयोजनामा हुन लागेको १९ वर्षमुनिको एसिया कपको लागि नेपाली टोली घोषणा भएको छ । आउँदो शुक्रबारदेखि युएईमा सुरु हुने प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान)ले हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको हो ।

प्रतिकृया दिनुहॊस