मेगा बैंकको कामु सिईओमा अनुपमा

काठमाडौं ।  अनिल शाहले छाडेपछि मेगा बैंकको  कामु प्रमुख कार्यकारी अधिकृत(सिईओ)मा अनुपमा खुनजेली नियुक्त भएकी छिन् । गत मंसिर २४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले खुनजेलीेलाई कामु सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नवनियुक्त अनुपमाले मंसिर २३ गतेदेखि नै बैंकको कार्यभार सम्हालि सकेकी छन् । तत्कालिन नेपाल ग्रिन्डलेज बैंक अहिलेको स्ट्यान्डर्ड चार्टर्ड बैकबाट करियर सुरु गरेकी खुँजेली नबिल बैक हुँदै मेगा बैंक पुगेकी थिइन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री