समानुपातिकामा एमाले र काँग्रेसको कडा टक्कर

काठमाडौं । प्रत्यक्ष तर्फ करिब ५० प्रतिशत सिट जितेको नेकपा(एमाले) समानुपातिक तर्फ पनि पहिलो स्थानमा देखिएको छ । समानुपातिक तर्फको प्रारम्भिक मतगणना अनुसार एमाले ३ लाख ४१ हजार ६ सय ३२ मत सहित पहिलो स्थानमा छ ।

एमालेलाई पछ्याईरहेको काँग्रेसको समानुपातिक मत ३ लाख ३८ हजार १ सय ९१ रहेको छ । निर्वाचन आयोगले सोमबार बिहान ११ बजे सार्वजनिक गरेको तथ्यांक अनुसार समानुपातिक तर्फ काँग्रेस भन्दा एमाले जम्मा ४ हजार ४ सय ४१ मतले मात्रै अघि रहेको छ ।  तेश्रो स्थानमा रहेको माओवादी केन्द्रको मत भने १ लाख ६८ हजार ९ सय ६३ रहेको छ ।

विकास न्यूजबाट

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री