तरकारीको मूल्य एक वर्षमा १०९ प्रतिशत बढ्यो

काठमाडौं । चाडपर्व नजिकिएसँगै उपभोक्ताको भन्सा झन् झन् महँगो बन्दै गएको छ।  तरकारी, फलफूल, खाद्यान्नलगायत अधिकांश दैनिक उपभोग्य वस्तुको मूल्य बढेको छ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सार्वजनिक गरेको तथ्यांकअनुुसार एक वर्षमा तरकारीको मूल्य १ सय ९ प्रतिशतसम्म बढेको समाचार कान्तिपुर दैनिकमा छ। चामल, चिउरा, दाल, चिनी, तिल, गहुँ, कोदो, मकै, आँटाको मूल्य दुई महिनामा करिब २२ प्रतिशतसम्मले बढेको छ।

‘मुलय बढ्नुपर्ने कारण छैन तर बजारभाउ दैनिक आकासिँदै गएको छ,’ खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले भने, ‘ठूला व्यापारीले मूल्य बढाएका छन्। किन बढाए, त्यसबारे खुद्रा व्यापारीलाई केही जानकारी हुँदैन ।’ उनका अनुसार ठूला व्यापारीले खरिद बिल पनि मूल्य घटाएर दिने गरेका छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप