रौतहट। रौतहटको क्षेत्र नं २ को राजपुर नगरपालिकामा नेपाली कांग्रेस र संघीय समाजवादी फोरमका समर्थक, कार्यकर्ताबीच झडप भएको छ । झडपपछि प्रहरीले ३ राउण्ड हवाइ फायर गरेर भिडलाई नियन्त्रणमा लिएको छ ।
रौतहटको क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका मोहम्मद आफताव आलम १८ हजार ८ सय ३३ मत ल्याएर विजयी भएका हुन्। उनको प्रतिद्वन्दी संघीय समाजवादी फोरमका किरण कुमार साहले १६ हजार ८ सय ६५ मत ल्याए। नेकपा एमालेका मोहम्मद मुस्ताक आलमले १३ हजार ८ सय ८३ मत ल्याएका थिए।
तपाईंको प्रतिकृया




