झापा ४ मा प्रदेश र प्रतिनिधिसभा दुवैमा वाम गठबन्धन विजयी

झापा। झापा  क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका लालप्रसाद साँवा (लिम्बु) निर्वाचित भएका छन् । उनले ४३ हजार ५ सय १५ र उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देउमान थेवेले २६ हजार ८ सय २२ मत प्राप्त गरेका   छन् ।

क्षेत्र ४ अन्तरगत प्रदेशसभा (क) मा माओवादी केन्द्रका झलकबहादुर मगर विजयी भएका छन्। उनले १७ हजार २ सय ५६ मत प्राप्त गरे भने
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किरण भट्टराईले १२ हजार ४ सय ८१ मत प्राप्त गरे।

क्षेत्र नम्बर ४ अन्तरगतकै प्रदेशसभा (ख) मा एमालेका हिराकुमार थापा विजयी भएका छन्। थापाले २४ हजार ९ सय १ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका त्तमकुमार शर्मा सुवेदीले  १४ हजार ९ सय ६५ मत प्राप्त गरेका छन्।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री