माडीवासी अध्यारोमा बस्न बाध्य

चितवन । माडी नगरपालिकाका स्थानीयवासी अध्यारोमा बस्न बाध्य भएका छन् । विद्युत् प्राधिकरणको पटक–पटकको समस्याले माडीवासीहरु अध्यारोमा बस्न बाध्य भएका हुन् ।

राष्ट्रिय निकुञ्जभित्र अन्डर ग्राउण्ड हँदै माडी नगरपालिकामा विस्तार भएको विद्युत्तमा हाल भने समस्या नदेखिए पनि माडी क्षेत्रमा धेरै नै समस्या देखिने गरेको छ । विद्युत् प्राधिकरण सब–स्टेशन माडी शाखाले ०४० र ०४१ को मिटर रिडिङ एरियाको माध्यमबाट विद्युत् विस्तार गरिरहेको छ ।

माडी क्षेत्रमा ०४१ मिटर रिडिङ एरियाको लाइन धेरै क्षेत्रमा पुग्ने र लामो तार रहेको लाइन अन्र्तगत पर्ने गर्दछ । यसमा धेरै नै समस्या आएको विद्युत् प्राधिकरण सब स्टेशनले समस्या समाधानमा खासै चासो नदेखाएको स्थानीयवासीहरुले गुनासो गरेका छन् ।

समयमै विद्युत् सुचारु नहुने टेलिफोन समेत सम्पर्क नहुँदा विद्युत् सम्बन्धी जानकारी प्राप्तमा समस्या भएको माडी एक स्थानीय गोपाल सापकोटाले जानकारी दिए । विद्युत् पटक–पटक काटिरहँदा आफ्नो घरमा भएका इलेक्ट्रिक सामग्रीलगायत अन्य उपकरणमा समेत क्षति पुगेको अर्का स्थानीय गोमा विक बताउँछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री