चुम्बन गरेको फोटो बाहिरिएपछि युवक-युवतीले नै गरे आत्महत्या

काठमाडौं । चुम्बन गरको गोप्य फोटो सामाजिक सञ्जालमा बाहिरिएपछि युवक-युवतीले नै कपनमा आत्महत्या गरेका छन्।सोताङ गाउँपालिका.४ नाम्लुङका २१ वर्षका अरिमचन्द्र नाछिरिङ अविवाहित हुन् भने माप्य दूधकोसी गाउँपालिकाकी निर्मला खालिङ विवाहित हुन्।

पति वैदेकि रोजगारीमा रहेकाले निर्मलाले अरिमसँग गोप्य सम्बन्ध रोखेका र त्यो सम्बन्ध बाहिरिएपछि सँगै झुन्डिएर आत्महत्या गरको हुनसक्ने प्रहरीको अनुमान छ। आइतबार साँझ ७ बजेर ३१ मिनेट जाँदा सोताङकै भीम राई सोलु नेपाल प्रयोगकर्ता रहेको फेसबुक आइडीबाट चुम्बन गरेको दृश्य अपलोड भएको थियो। भीम राई सोलु नेपालले भने फोटो अर्कै फेसबुक प्रयोगतकर्ताबाट प्राप्त भएको प्रतिक्रिया दिएका छन्। उनी पनि विदेशमै छन्।

नागरिक दैनिकबाट

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री