कृषि विकास बैंकले नाफा बढायो

काठमाडौँ । कृषि विकास बैंकले गत आर्थिक बर्ष २०७५/०७६ मा नाफा बढाएको छ । बैंकले अघिल्लो आर्थिक बर्षको तुलनामा  १९.१५ प्रतिशतले बढी हो । बैंकले अघिल्लो आवमा ३ अर्ब ६५ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको वितरण योग्य नाफा भने ३ अर्ब ३१ करोड रुपैयाँ रहेको छ ।

असार मसान्तसम्ममा बैंकले आम ग्राहकबाट १ खर्ब १९ अर्ब ७६ करोड निक्षेप संकलन गरेर १ खर्ब १० अर्ब ७९ करोड कर्जा प्रवाह गरेको छ । एक वर्षमा बैंकले १४.९१ प्रतिशतले निक्षेप वृद्धि गरेको छ भने ११.२१ प्रतिशतले कर्जा वृद्धि गरेको छ ।

बैंकको चुक्ता पुँजी १४ अर्ब ४४ करोड ८२ लाख रुपैयाँ पुगेको छ ।

साथै,  बैंकको खराब कर्जामा पनि सुधारआएको छ ।अघिल्लो असार मसान्तसम्ममा ३.४१ प्रतिशत रहेको खराव कर्जा गत असार मसान्तमा २.९० प्रतिशतमा झरेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेपाल बैंकले ल्यायो उत्कृष्ट कर्जा योजना

काठमाडौँ । नेपाल बैंक लिमिटेडले सर्वाधिक न्युन ब्याजदर ७.७० मा ‘ने.बै.लि. सर्वसुलभ आवास कर्जा’ ल्याएको …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds