डडेल्धुरामा सवारीसाधन दुर्घटनामा एक वर्षमा ३५ जनाको मृत्यु

काठमाडौँ । सवारी दुर्घटनामा परि गत आर्थिक वर्षमा डडेल्धुरामा ३५ जनाको मृत्यु भएको छ । १ सय २९ जना अङ्गभङ्घ भएका छन् । एक वर्षको अवधिमा डडेल्धुरामा १६ ओटा सवारी दुर्घटनामा परि २७ पुरुष र ८ महिलाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

आर्थिक वर्ष २०७५-७६ मा भएको सवारी दुर्घटनामा परि ३३ जना गम्भिर घाइते भएका छन् भने ९६ जना सामान्य घाइते भएका छन् । मापदण्ड विपरितका ग्रामिण सडक, तिव्र गतिमा गाडी चलाउने, गाडी चालक तथा यात्रुहरुले संयमता नअपनाउनु तथा ट्राफिक प्रहरीको लापरवाहीले सवारी दुर्घना भएको प्रमुख प्रहरी नायव निरिक्षक देव बहादुर खत्रीले जानकारी दिए ।

यसैबीच, जिल्ला ट्राफिक कार्यालय डडेल्धुराले एक वर्षमा २४ लाख ४२ हजार राजश्व संकलन गरेको छ । ट्राफिक नियम पालना नगर्ने ३ हजार ९ सय २१ सवारी साधन कारवाहिमा सो रकम संकलन भएको प्रहरी प्रमुख खत्रीले बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप