नेपाल इन्फ्राइस्ट्रक्चर बैंकको खुद नाफा ६७ करोड

काठमाडौं । नेपाल इन्फाइस्ट्रक्चर बैंकले आर्थिक वर्ष २०७५-७६मा ६७ करोड १ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकले सोमबार सार्वजनिक गरेको वित्तीय विवरण स्थापनको पहिलो वर्षमानै उक्त नाफा गरेको बताएको छ ।

१२ अर्ब चुक्ता पूँजी रहेको बैंकले जगेडा कोषमा ७८ करोड ९८ लाख रुपैयाँ सन्चित छ । यसअवधिमा बैंकले २० करोड निक्षेप संकलन तथा ७ करोड ८६ लाख रुपैयाँ बराबरको कर्जा लगानी गरेको छ ।

बैंकले यसबीचमा बैंकले एक अर्ब १३ करोड रुपैयाँ व्याज आम्दानी गरेको छ । यस्तै बैंकको प्रतिशेयर आम्दानी ६.११ रुपैयाँ रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री