सुनको भाउमा फेरि नयाँ रेकर्ड, तोलाको ६७ हजार ८ सय

काठमाण्डौ ।  सुनको भाउ सोमबार एकैदिन तोलामा १५ सय रुपैयाँ बढेको छ । सुनको भाउ सोमबारका लागि तोलाको ६७ हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । यो भाउ अहिलेसम्मकै धेरै हो ।

आइतबार सुन तोलामा ६६ हजार ३ सय रुपैयाँ थियो । शेयर बजार कमजोर भएकाले अन्तर्राष्ट्रिय बजारमा महंगो भएकाले नेपालमा पनि भाउ बढेको सुनको मूल्य निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले बताए ।

यस्तै, भारत र पाकिस्तानको तनाब बढेपछि भारतीय मुद्रा कमजोर भएकाले नेपालमा पनि त्यसको असर परेको संयोजक शाक्यले बताउनुभयो । यसैबीच भाउ बढेर कम मात्रै बिक्री हुन थालेपछि ब्यापारीले बैंकसँग पनि सुन किन्न छाडेका छन् ।

दैनिक २० किलोसम्म बैंकसँग सुन किन्न पाउने ब्यापारीले अहिले भएको सुन पनि बिक्न छोडेको बताएका छन् । सोमबार चाँदीको भाउ पनि बढेर तोलामा ७ सय ९५ रुपैयाँ तोकिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सोमबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुनको मूल्य तोलामा एक …

प्रतिकृया दिनुहॊस