सात तले दरबार क्षेत्रका ऐतिहासिक सम्पदा पुनर्निर्माण हुँदै

नुवाकोट । विनाशकारी भूकम्पले क्षतिग्रस्त बनेको नुवाकोटको सात तले दरबार क्षेत्रमा रहेको सम्पदाको पुनर्निर्माण भइरहेको छ ।

चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेजले सात तले दरबार तथा वरिपरीका सम्पदा पुनर्निर्माण थालेको हो । नुवाकोट दरबार क्षेत्रभित्रको सात तले दरबार, गारद घर, रंगमहल, बहादुर शाहको बैठक कक्षलगायत दरबार क्षेत्रभित्र रहेको विष्णु र नारायण मन्दिरको पुनर्निर्माण थालिएको दरबार हेरचाह कार्यालयका विक्रमप्रसाद पुष्पहालले बताए ।

२०७२ साल वैशाखमा गएको भूकम्पले दरबारलगायतका सम्पदामा क्षति पुगेको थियो । विनाशकारी भूकम्पले दरबार क्षतिग्रस्त बनाएपछि चीन सरकारले गत २०७२ साल साउन महिनामा मर्मत गर्ने प्रतिबद्धता जनाएको थियो । पटक–पटक चिनियाँ प्राविधिक टोली र चिनियाँ राजदूतको अवलोकन र अध्ययनपछि पुनर्निर्माण सुरु गरेको हो ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

राष्ट्रिय विपद् कार्यकारी समितिको निर्णय- खोज तथा उद्धारमा तीव्रता, राहत वितरण प्रभावकारी बनाइने

काठमाडौं । नेपालमा मनसुनजन्य विपद्का कारण प्रभावित क्षेत्रहरूमा खोज तथा उद्धार अभियानलाई तिव्रता दिने निर्णय गरिएको छ । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण कार्यकारी समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

प्रतिकृया दिनुहॊस