प्रि–सिजन : म्यासन माउन्टको प्रभावशाली प्रदर्शनमा चेल्सी विजयी

काठमाडाैँ । प्रि–सिजन मैत्रीपूर्ण खेल अन्तर्गत आइतबार राति भएको प्रतिस्पर्धामा चेल्सी विजयी भएको छ । चेल्सीले रिडिङ्गलाई ४–३ ले पराजित गरेको हो ।

चेल्सीको जितमा म्यासन माउन्टले दुई गोल गरेर सुरु हुन लागेको सिजनमा आफ्नो भूमिका के हुन सक्छ भन्ने स्पष्ट पारे । यस्तै रोस बार्क्ली र केनेडीले एक–एक गोल गरे ।

रिडिङ्गका लागि जोश ब्यारेट, माइकल मोरिसन र साम बोल्डकले गोल गरेका हुन् ।

यो खेलमा दुई गोल गरेका म्यासनले गएको मंगलबार भएको बार्सिलोनालाई २–१ ले पराजित गर्ने क्रममा प्लेइङ्ग स्क्वाडमा परेका थिएनन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री