काठमाडौं । एन आई सी एशिया क्यापिटल लिमिटेडले ग्रोथ फण्डको नगद लाभाँश घोषणा गरेको छ ।
यही साउन १० गते बसेको संचालक समितिको ६१औं बैठकले आर्थिक वर्ष २०७५÷०७६ का लागि एन आई सी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत संचालित पहिलो योजना ‘एन आई सी एशिया ग्रोथ फण्ड’ का इकाईधनीहरुलाई १० प्रतिशत (कर सहित) का दरले हुन आउने रकम ८ करोड ३५ लाख २० हजार नगद लाभाँश वितरण गर्ने निर्णय गरेको हो ।
एन आई सी एशिया क्यापिटलले एन आई सी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गतको दोश्रो योजना ‘एन आई सी एशिया ब्यालेन्यड् फण्ड’को प्रति इकाई मूल्य १० का दरले १२ करोड ५० लाख इकाई श्रावण ०८ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला गरेको छ ।
उक्त ब्यालेन्स फण्डको इकाई खरिद गर्नको लागि प्रचलित सामूहिक कोष नियमावली एवं निर्देशिकाको अधिनमा रही नेपाली नागरिक, गैरआवासीय नेपालीको प्रमाणपत्र (परिचय पत्र) जारी भएका व्यक्ति, प्रचलित कानुन बमोजिम दर्ता भएका नेपाली फर्म, संघ संस्था, बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, कुनै पनि वर्ग वा समूहले खडा गरेको कोषहरु जस्तै सञ्चय कोष, कल्याणकारी कोष, गुठी, अक्षय कोष आदिले आवेदन दिन सक्नेछन ।



