वाणिज्य बैंकका लगानीकर्ताले बोनस सेयर नपाउने

काठमाडौं । गत आर्थिक वर्षको नाफाबाट बैंकहरुले सेयरधनीलाई बोनस सेयर नदिने सम्भावना बढेर गएको छ । राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिका कारण बैंकहरुले यस वर्ष सेयरधनीलाई नगद लाभांश मात्र दिन सक्ने सम्भावना बढेको बैंकर्सहरुले बताएका छन् ।

मौद्रिक नीतिले सबै बाणिज्य बैंकहरुको लागि कम्तिमा २५ प्रतिशत ऋणपत्र जारी गर्नु व्यवस्था गरेको छ । यसको अर्थ ८ अर्ब मात्र चुक्ता पुँजी भएको बैंकले पनि २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्नैपर्छ ।

ऋणपत्र जारी भएपछि बैंकको जोखिममा आधारित सम्पत्ति र पुँजी कोषको अनुपात दर वृद्धि हुन्छ । राष्ट्र बैंकको नियम अनुसार बैंकहरुको पुँजी कोष अनुपात ११ प्रतिशतभन्दा तल आउनु हुन्न ।

हाल औषतमा पुँजी कोष पर्याप्तता अनुपात १३.५ प्रतिशत रहेको छ । थोरै बैंकको पुँजीकोष अनुपात करिव १२ प्रतिशत छ भने अधिकांश बैंकहरुको १३ प्रतिशतभन्दा माथि छ । केही बैंकको पुँजीकोष १८ प्रतिशतभन्दा बढी रहेको छ ।

ऋणपत्र निष्काशन गर्दा सम्बन्धित बैंकहरुको पुँजी कोष अनुपात वृद्धि हुने माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा बताउँछन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

माछापुच्छ्रे् बैंकले मनायो २४औँ वार्षिकोत्सव

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो २४औँ वार्षिकोत्सव विविध सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सहित मनाएको छ …

प्रतिकृया दिनुहॊस