आगामी २४ घण्टा पश्चिम तराईका केही स्थानमा भारी वर्षा हुने, सतर्क रहन आग्रह

काठमाडौं । आगामी तीन दिन मुख्य र मझौला नदीमा वहाव सतर्कता तह भन्दा तलै रहने जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।  आज इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, पर्सा, बारा, नवलपुर, परासी, कैलाली, कञ्चनपुर, दाङलगायतका जिल्लाका चुरेबाट बहने केही ससाना नदीमा आकष्मिक बहावको सम्भावना रहेको र तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

अहिले देशका अधिकांश भूभागहरुमा सामान्यदेखि पूर्ण बदली भइ केही स्थानहरुमा वर्षा भइरहेको र मनसुनको न्युनचापीय रेखा अझै दक्षिणतिर सरेकोले मनसुनी गतिविधि क्रमिक रुपमा कम सक्रिय हुँदै जाने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आगामी २४ घण्टामा पश्चिम तराईका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको र ती क्षेत्रका खोलाहरुमा जल सतह बढ्न सक्ने भएकोले नदी वरपरका क्षेत्र, नहर छेउमा सतर्कता अपनाउन पूर्वानुमान महाशाखाले आगह गरेको छ । आउँदो शनिबारसम्म नै देशका विभिन्न भूभागमा बदली र वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप