संघीय संसद सचिवालय परिसरमा राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले संघीय संसद सचिवालय परिसरमा एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । सिंहदरबार परिसर भित्र रहेको संघीय संसद सचिवालयको उक्त काउन्टर तथा एटिएम सेवाको प्रतिनीधि सभाका सम्माननीय सभामुख कृष्णबहादुर महराले सोमबार एक समारोहका बीच समुद्घाटन गरेका हुन् ।

समुद्घाटन कार्यक्रममा सभामुख महराले सरकारी बैंकको सेवाबाट सांसदहरु तथा सचिवालयका कर्मचारीहरुलार्ई कारोबार गर्न सहज हुने बताए ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको सेवा अझ चुस्त र प्रविधिमैत्री हुने बताउदैं उक्त एटिएमबाट चौबीसै घण्टा सेवा उपलब्ध हुने जानकारी दिए ।

बैंकको हाल ७७ जिल्लामा २ सय २२ वटा शाखा कार्यालय, १ सय ७५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप