सिद्धार्थ राजमार्ग एकतर्फी रुपमा संचालनमा

बुटवल । पहिरो खसेर शनिबार दिउँसोदेखि अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग आइतबार बिहान साढे १० बजेदेखि एकतर्फीरुपमा सञ्चालनमा आएको छ ।

शनिबार दिउँसो ३ बजेदेखि रोकिएका यातायातका साधन चल्न थालेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । सडक अवरुद्ध बनेको सिद्धबाबा क्षेत्रमा ब्रेकर, डोजर, स्काभेटर परिचालन गरेर एकतर्फी यातायात सुरु भएको प्रहरीले जनाएको छ ।

शनिबार सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउँ गाउँपालिका वडा नम्बर ३, हेडबक्स नजिकै सुख्खा पहिरोले मोटरसाइकसहित बगाउँदा निस्दी गाउँपालिका ४, मित्याल पाल्पाका ३१ वर्षीय धनबहादुर सुनारी मगरको मृत्यु भएको थियो । बुटवल र पाल्पाको सिमाना पर्ने सिद्धवावा क्षेत्रमा हरेक वर्ष वर्षात्को समयमा पहिरोको समस्या हुँदै आएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री