लुम्बिनी अस्पतालमा ५ वटा शव अलपत्र

टवल ।  लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ५ वटा शव अलपत्र परेका छन् ।  शनिवार दिउँसो अस्पतालको शवगृहमा बालक (छोरा)को शव छाडेर आमा नै भागेको अस्पताल प्रशासनले जनाएको छ । यस्तै अन्य ४ वटा शव समेत वेवरिसे अवस्थामा रहेको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेट डाक्टर कृष्ण खनालका अनुसार रोल्पाको थवाङ्गकी तिनपुरा घर्तीले आफ्नो २६ महिनाको छोरालाई उपचारका लागि ल्याएकी थिइन्  ।

आकस्मिक कक्षमा उपचारका क्रममा ती बालकको मृत्यु भए पछि उनले शव अस्पतालमै छाडेर हिँडेकी हुन्  । अहिले बालकको शव अस्पतालमा वेवारिसे अवस्थामा रहेको छ ।

 इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी भीम भट्टराईले ती बालकसहित ५ जनाको शव अस्पतालमा वेवारिसे अवस्थामा रहेको जानकारी दिए । डिएसपी भट्टराईले खोजतलासको क्रममा पनि आफन्त नभेटिए सबैको रोहवरमा दाहसंस्कार गरिने बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री