‘रातो गलबन्दी’ केकी र बुद्धि तामाङ (टे्लरसहित)

काठमाडौं । समाजीक प्रेमकथामा निर्माण गरिएको फिल्म ‘रातो गलबन्दी’ को फस्र्टलुक पोस्टरसँगै शीर्ष गीत सार्वजनीक गरिएको छ । साउन १७ गते प्रदर्शन हुने फिल्ममा केकी अधिकारी, कोसिस क्षेत्री र बुद्धि तामाङ मुख्य भूमिकामा छन् ।

नवनिर्देशक अनिश थापाको निर्देशनमा बनेको फिल्मको सार्वजनीक पोस्टरमा केकी, कोसिस र बुद्धिलाई हाइलाइट गरिएको छ । हिमाल कडरिया र दुर्गा बस्नेत निर्माता रहेको फिल्मको शीर्ष गीतमा राजेश पायल राई र श्रेया राईको स्वर छ । गोबिन्द राईले कोरियोग्राफी गरेको गीत लोकराज अधिकारीले लेखेका हुन भने संगीत बिनोद खुम्बुले सृजेका हुन ।

मनिसमा फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको स्क्रिप्ट किरण माइकलले लेखेका हुन् । हिमाल कडरियाको कथा रहेको फिल्मको सहनिर्माता बासुदेव घिमीरे,अमृता मगैराम र कृष्ण घिमीरे तथा प्रकाश दुलाल कार्यकारी निर्माता छन् ।

पूर्वी नेपालका बिभिन्न स्थानमा खिचिएको फिल्मको लाइन प्रोड्युसरमा प्रकाश सेनदाङ,मनोज उप्रेती र युएस लाइन प्रोड्युसरमा बेनुप्रसाद मैनाली छन् । सुमन तामाङले खिचेको फिल्ममा अष्ट महर्जनको द्धन्द्ध निर्देशन छ । रातो गलबन्दीको बितरण आरआर फिल्मस्ले गर्दैछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मेगा प्रोजेक्ट ‘बलिदान’ को लागि अडिसन आह्वान, कसरी र कसले दिने आवेदन ?

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’ का केही कलाकारहरूका लागि अडिसन आह्वान गरिएको …

प्रतिकृया दिनुहॊस