रौतहटको गौर डुबानमा, पूर्व प्रधानमन्त्री माधव नेपालको घर डुब्याे

रौतहट । लगातारको झरीपछि बाग्मती र लालबकैया नदीमा बाढी आएपछि रौतहटको सदरमुकाम गौर जलमग्न भएको छ । सदरमुकाम गौरमा रहेका घरमा पानी पसेपछि स्थानीयहरु उद्धारको पर्खाइमा रहेका छन् ।

सदरमुकाम गौर सहित १८ वटै स्थानीय तह जलमग्न भएका छन् । लालबकैया र बाग्मती खोलाले ठाउँठाउँमा तटबन्ध भत्काएको छ । बाढी बस्तीमा झण्डै ५ हजार नागरिक विस्थापित भएका छन् । नागरिक रातभरि भोकभोकै र जाग्राम बसेका छन् । १ तला घर हुनेहरु छिमेकी दुई तले घर भएकाहरुकोमा बसेका छन् ।

पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको घरसहित सरकारी कार्यालय, कारागार डुबेका छन् । अन्नबाली र पशुचौपाया जोगाउन नसकेका नागरिक आफ्नै ज्यान कसरी जोगाउने भन्ने चिन्तामा छन् । पूर्व प्रधानमन्त्री नेपालकाे परिवार भने काठमाण्डाैकाे काेटेश्वरमा रहेकाे घरमा बस्दै आएकाे छ ।

ठाउँ–ठाउँमा बाढीको पानीले घेरिएर टापु बनेका ठाउँमा नागरिक फसे पनि सरकारले उद्धारका लागि हेलिकप्टर पठाउन सकेको छैन ।

सीमावर्ती क्षेत्रमा भारतले लालबकैया र बाग्मतीसँगै जोडिएको ६ किलोमिटर तटबन्ध निर्माण गरेका कारण पानीको बहाव रोकिएको हो । १० फिट पानी जमेको छ । सडक सञ्जाल टुटेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

राष्ट्रपति पौडेलसँग राष्ट्रसंघका महासचिवले शिष्टाचार भेट

अजरवैजान । जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन (कोप-२९) मा सहभागी हुने सिलसिलामा यहाँ रहेका राष्ट्रपति रामचन्द्र …

प्रतिकृया दिनुहॊस