महोत्तरी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिवास नगरपालिका–३, भप्सी खोलामा रहेको पुल बाढीले बगाएको छ ।
बिहीबारदेखि लगातार परेको झरीका कारण आएको बाढीले शुक्रबार राति पुल बगाएको हो । बाढीले पुलको बीच भाग पूर्ण रुपमा बगाएको छ ।
पुल बगाएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ । सयौँ यात्रुहरु शुक्रबार रातिदेखि नै अलपत्र परेका छन् । लगातारको झरीका कारण महोत्तरीका धेरै ठाउँ जलमग्न भएका छन् । सयाैँ बस बर्दिवास र गाैशालामा अलपत्र परेकाे प्रहरीले जानकारी दिएकाे छ ।
प्रतिकृया दिनुहॊस