सिभिल बैंक लिमिटेडको शाखा सिराहाको धनगढीमाईमा

सिराहा । सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा सिराहाको धनगढीमाईमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन धनगढीमाई नगरपालिकाका मेयर हरि नारायण चौधरीले गरे ।

शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरु, सिभिल बैंकको प्रदेश नं. २ का प्रदेश प्रमुख दिपक कुमार श्रेष्ठ, सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।

धनगढीमाई शाखा सहित सिभिल बैंककोे कुल शाखा संख्या ९० पुगेकोे पनि बैंकले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री