‘मिस एण्ड मिसेस आदिवासी जनजाती’को उपाधी एलिजा र मिनाको हातमा

काठमाडौ ।  काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित ‘मिस एण्ड मिसेस आदिवासी जनजाती’को पहिलो संस्करणको उपाधी मिसतर्फ एलिजा गुरुङ्गले हात पारेकी छिन । यसै गरि सोही प्रतियोगीताको मिसेस तर्फको उपाधी मिना मोत्तानले हात पारिन।  उनीहरुले प्रतियोगीतामा मस्ट टैलेन्ट तथा मस्ट पपुलरको उपाधी सहित नगद ५० – ५० हजार जितेका छन् ।

यस्तै, मिस आदिवासी जनजाती प्रतियोगिताको फस्र्ट रनरअपको उपाधी एवं मस्ट एक्टिभको सबटाईटल सहित अप्सरा गोलेले नगद २५ हजार तथा सेकेण्ड रनर अप प्रेम कुमारी सुनारी मगरले पव्लिक च्वाईसको सबटाईटल तथा नगद १५ हजार सहित विभिन्न आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरेका थिए ।

मिसेस तर्फकै प्रतियोगितामा भने फस्ट रनर अपमा सुशिला थापा मगरले नगद २५ हजार सहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरिन । सेकेण्ड रनर अपमा मस्ट फ्रेण्डली सहितको चेसाङ्ग लामाले नगद २० हजार तथा थर्ड रनर अप रोजिना गुरुङ्गले मस्ट कन्फिडेन्ट सहित नगद १५ हजार तथा रश्मि गुरुङ्गले फोर्थ रनर अप तथा बेष्ट स्किनको उपाधी सहित नगद १० हजार हात पार्न सफल भए ।

सोही प्रतियोगीताको मिसेस तर्फको अन्य सबटाईटलहरु अर्गनाईजर तथा पव्लिक च्वाईसमा चिनीमाया गुरुङ्ग,मस्ट एक्टिभमा नितु श्रेष्ठ, बेष्ट वाकमा पूजा गूरुङ्ग, बेष्ट हेयरमा रुवी लामा, मस्ट फोटोजेनीकमा प्रमिला प्रधानले प्राप्त गर्न सफल भएका थिए ।

लोकप्रिय नायक सरोज खनाल प्रमुख निणार्यक रहेको प्रतियोगीतामा अन्य निणार्यक मण्डलमा नेपाल आईडल बुद्ध लामा, संचारकर्मी अशोक प्यासी राई, कोरियोग्राफर केशव थापा तथा मिसेस तामाङ्ग, शान्ती वाइबा तामाङ्गले निणार्यकको भूमिका निर्वाह गरेका थिए ।

पूर्व सभामुख ओनसारी घर्तिमगरको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा लामो समयदेखि आफ्नो क्षेत्रमा अतुलनीय योगदान दिए बापत चर्चित एवं अन्तराष्ट्रिय कोरियोग्राफर रोजीन शाक्य, समाजसेवी अम्बिका अर्याल तथा गायक एवं नेपालको पहिलो नेपाल आईडल बुद्ध लामालाई सम्मान गरिएको थियो ।

एस के ईन्टरटेनमेन्टले आयोजना गरेको उक्त कार्यक्रममा गीतकार अशोक तामाङ्गको गिती संग्रह मातृभूमिको प्रमुख अतिथी पूर्व सभामुख ओनसारी घर्तिमगर, विशेष अतिथीहरु पूर्व पर्यटन मन्त्री पर्शुराम तामाङ्ग,पूर्व कानून राज्यमन्त्री दिलमान पाख्रिन, पूर्व भूमिसुधार तथा व्यबस्था मन्त्री यसोदा कुमारी, ४ नं प्रदेशका प्रदेश सांसद मन कुमारी गुरुङ्ग तथा आयोजक संस्थाकी अध्यक्ष एवं नायिका शान्ता तामाङ्गले एक साथ विमोचन गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथी ओनसारीले प्रतियोगीताका सहभागीहरुलाई शुभकामना दिदै यस्ता कार्यक्रमले जनजाती महिलाहरुको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरिन । कार्यक्रमवारे जानकारी दिदै अध्यक्ष शान्ताका अनुसार विभिन्न जनजाती ,भेषभुषा एवं संस्कृतिको समागम रहेको हाम्रो देशमा नेपालको जनजातीसंग सम्बन्धित संस्कृति, भेषभुषा, तथ रहनसहन मध्य आदिवासी, जनजातीको कला, संस्कृति,रितिरिवाजलाई सम्बन्धित बिवाहित तथा अबिवाहित महिलाहरुलाई राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा समेत प्रवद्र्धन एवं सामाजिकरण गर्ने उद्देश्यले यस प्रतियोगीताको आयोजना गरिएको बताईन । कार्यक्रममा चर्चित गायक सपन श्रेष्ठ, नृत्यङ्गना रोमा न्यौपाने लगायतको आकर्षक प्रस्तुती रहेको थियो ।
चर्चित कोरियोग्राफर रोजीन शाक्यको कोरियोग्राफी रहेको प्रतियोगीताको कार्यक्रम संचालन समेत शाक्यले नै गरेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री