मुक्तिनाथ विकास बैंक र खल्ती डिजिटल वालेटबीच डिजिटल भुक्तानी सम्झौता

काठमाडौं । मुक्तिनाथ विकास बैंक र खल्ती डिजिटल वालेटबीच डिजिटल भुक्तानी सेवा प्रदान गर्नका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतापत्रमा  बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत तथा नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ र खल्तीका तर्फबाट निर्देशक ध्रुब अधिकारीले  हस्ताक्षर गरेका हुन् ।

 

सम्झौता अनुसार अब मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले उक्त बैंकको मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी ‘खल्ती’मा सजिलै पैसा लोड गर्न र विभिन्न वस्तु तथा सेवाहरुको भुक्तानी गर्न सक्नेछन् ।

सन २०१७, जनावरी २६ बाट शुरू भएकाे खल्तीको मोबाईल एपतथा वेबसाइट प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिलभुक्तानी, बिमा शुल्क भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ आदि गर्ने, इ–कमर्स मार्फत किनिएको सामानको भुक्तानी, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने जस्ता अन्य थुप्रै सेवाहरु लिन सकिन्छ । हाल खल्ती प्रयोग कर्ताहरुको संख्या ८ लाख भन्दा बढि रहेको छ । ‘मुक्तिनाथ विकास  बैंक’ को मोबाईल बैङ्किङ एपयो लिङ्क र ‘खल्ती डिजिटल वालेट’ को मोबाईल एपयो लिङ्कबाट डाउनलोड गर्न सकिन्छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री