सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको भाउ रु ५०० घटेर कारोबार भएको छ।   शुक्रबार तोलामा ६५ हजारमा कारोबार भएको छापावाल सुनको भाउ आइतबार घटेर ६४ हजार ५०० मा कारोबार भएको हो ।

यस्तै तेजावी सुन ६४ हजार २०० कारोबार भएको छ।  यस्तै चाँदी आइतबार तोलामा रु ७२० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि चाँदी तोलामा ७३० मा कारोबार भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री