काठमाडाैं । चिकित्साशास्त्र अध्ययन संस्थानले एक महिनाअघि लिएको एमबीबीएस प्रवेश परीक्षा रद्द गरेको छ । त्रिवि कार्यकारी परिषद्को निर्देशन अनुसार परीक्षा रद्द गर्ने निर्णय गरेको जनाएको छ । साथै प्रवेश परीक्षाको नयाँ मितिबारे आईओएमको वेभसाइटमार्फत जानकारी दिइने आईओएमले जनाएको छ ।
प्रहरीले फेला पारेको उत्तर सेट र संस्थानले लिएको प्रवेश परीक्षाको प्रश्नपत्रको उत्तर सेट भिडाउँदा ६० मध्ये १४ प्रश्नको उत्तर मिलेको थियो । यसका आधारमा प्रहरी र मेडिकल काउन्सिलले परीक्षा समयअगावै प्रश्नपत्र बाहिरिएको निष्कर्ष निकालेको थियो ।
तपाईंको प्रतिकृया




