महालक्ष्मी विकासको आर्थिक सहयोग

काठमाडौ ।महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ ।

सोही कार्यलाई निरन्तरता दिँदै बैंकको केन्द्रीय कार्यालयले सामाजिक उत्तरदायित्व बहन गर्दै स्तन क्यान्सरबाट पीडित गायत्री पौडेललाई आर्थिक सहयोग गरेको छ ।

काठमाडौँ वसुन्धारा निवासी पौडेल २०७४ साल पुुस महिनादेखि भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराउँदै आएकी छिन् ।

पौडेल परिवारको आर्थिक स्थिति निकै नै कमजोर रहेको र उपचारका लागि अझ धेरै रकम लाग्ने भएकाले, उपचारका क्रममा सहयोग गर्ने हेतुले बैंकले रु. १५ हजारको चेक पीडित गायत्री पौडेललाई हस्तान्तरण गरेको हो ।

यसैगरी उपाचारार्थ आर्थिक सहयोग गर्ने क्रममा केन्द्रीय कार्यालयले सुखटीया ५, कालीकोट निवासी वसन्ती कुमारी शाहीलाई पनि सहयोग गरेको छ । २० वर्षीय शाहीको दुवै मृगौला फेल भएको हुँदा मृगौला प्रत्यारोपण नै अन्तिम विकल्प रहेको खुलासा वीर अस्पतालको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले गरेको छ ।

पीडितको परिवारलाई मृगौला प्रत्यारोपणको खर्चमा केही सहयोग गर्ने मनसायले बैंकले रु. १५ हजारको चेक पीडित वसन्ती कुमारी शाहीलाई हस्तान्तरण गरेको हो ।

बैंकले वित्तीय कारोबारसँगै आफ्नो कार्यक्षेत्र आसपासका विद्यालय, अशक्त, विरामी, गरिब तथा जेहेन्दार विद्यार्थीलाई आगामी दिनहरुमा पनि यस्ता खाले सहयोग गर्ने प्रतिबद्घता जनाएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

महालक्ष्मी बैंकको कार्यालय भवनको भूमि पूजा कार्यक्रम सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले काठमाण्डौं जिल्ला का.म.न.पा वडा न. ३०, ज्ञानेश्वरमा आफ्नो कार्यालय भवन …

प्रतिकृया दिनुहॊस