लक्ष्मी क्यापिटल र सिटी एक्सप्रेस फाइनान्सबीच सम्झौता

काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सिटी एक्सप्रेस फाइनान्स कम्पनीबीच सिटी एक्सप्रेसका शेयरधनीलाई हकप्रद शेयर निष्कासन गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

सम्झौता अनुसार हाल कायम चुक्ता पूँजी रू. ४० करोडको प्रतिशेयर अंकित मूल्य रू. १०० का दरले १ कित्ता शेयरको १ को अनुपातमा ४० लाख कित्ता हकप्रद शेयर निष्कासन गरिनेछ ।

बुधवार भएको सम्झौतामा लक्ष्मी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र सिटी एक्सप्रेस फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत भीष्मराज चालिसेले हस्ताक्षर गरेका हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री