लुम्बिनी विकास बैंक र नेपाल इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । लुम्बिनी विकास बैंक र नेपाल इन्स्योरेन्स कम्पनीबीच बिमा व्यबसाय विस्तार गर्ने बारे बैंकास्योरेन्स सम्झौता भएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहरा र नेपाल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहले बैंकास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सहमतिसँगै लुम्बिनी विकास बैंकका ग्राहकहरुले नेपाल इन्स्योरेन्स कम्पनीले प्रदान गर्ने बिमा सम्वन्धी सम्पूर्ण सेवा सुविधा लुम्बिनी विकास बैंकको ६५ वटै शाखाहरुबाट लिन सक्नेछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप