विद्युत् महशूल अब आईएमई पे (IME Pay)मार्फत तिर्न सकिने

काठमाडौं । बिद्युत् महशूल वापतको रकम अबदेखि आर्ईएमई पे (IME Pay) बाट भुक्तानी गर्न सकिने भएको छ । देश विदेशमा रहने सबै ग्राहकले  यस्तो सेवामार्फत बिद्युत् महशूल भुक्तानी गर्न सक्ने व्यवस्था मिलाएको आईएमईले जनाएको छ । यसले आम सबै सेवाग्राहीहरूलाई बिल भुक्तानीका लागि लामो लाइन बस्नुपर्ने झन्झटबाट मुक्त गरेको छ भने सेवाग्राहीहरूको समय पनि बचत गर्नेछ ।

नेपाल बिद्युत प्राधिकरणले अहिले उपत्यकाभित्रका सबै शाखाहरुको महशूल संकलन अनलाइन पद्धतिबाट गर्न सुरु गरिसकेको छ । प्राधिकरणका कर्मचारीहरुले मिटर रिडिङ्ग गर्दा उपलब्ध गराएको बिलका आधारमा आफुलाई पायक पर्ने आईएमई एजेण्ट आउटलेट मार्फत नेपाल बिद्युत प्राधिकरणको अनलाइन बिल भुक्तानी सेवा लिन सकिन्छ भने  आईएमई पे(IME Pay)  डाउनलोड गरेका सेवाग्राहीहरूले यस्तो सेवा आफ्नै मोबाइलबाट सजिलै लिन सक्ने व्यवस्था पनि मिलाईएको छ । मोबाईल एप्लिकेसनबाट बिजुलीको बिल भुक्तान गर्ने व्यवस्था आइएमई पे ले ‘पे पोइन्ट’ को सहकार्यमा गरेको हो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

मंगलबार कति छ सुनचाँदीको मूल्य ?

नेपाली बजारमा पछिल्ला महिनायता सुनको मूल्यले नयाँ नयाँ कीर्तिमान बनाउँदै आएको छ ।

प्रतिकृया दिनुहॊस