एभरेष्ट इन्सुरेन्सको ३००% हकप्रदमा आवेदन दिने सोमबार अन्तिम दिन

काठमाडौं ।  एभरेष्ट इन्सुरेन्सको ३००% हकप्रदमा आवेदन दिने सोमबार (जेठ १६ गते) अन्तिम दिन हो । कम्पनीले जेठ १४ गते देखि हकप्रद सेयर खुला गरेको हो ।१ः३ अनुपातमा ८२ लाख १९ हजार ४७५ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याइएको छ । यो हकप्रदमा प्रतिसेयर १०० रुपैयाँका दरले आवेदन दिन पाइनेछ । वैशाख ८ गतेसम्म कायम सेयरधनीले मात्र यसमा आवेदन दिन सक्नेछन् । हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गरेको छ ।

सिद्धार्थ क्यापिटलको केन्द्रीय कार्यालय नक्साल काठमाडौंबाट यसमा आवेदन दिन सकिनेछ । एभरेष्ट इन्सुरेन्स कम्पनी, हात्तिसार काठमाडौं तथा सम्पूर्ण शाखा कार्यालयबाट पनि आवेदन दिन पाइनेछ । आस्वा सेवा प्राप्त सबै बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन मिल्नेछ । क्रेडिट रेटिङ कम्पनी केयर रेटिङ नेपालले यो आइपीओलाई ‘ग्रेड ४’ रेटिङ दिएको छ ।

 एभरेष्टले यसअघि मंसिर २३ देखि पुस २२ गतेसम्म १०५% संस्थापक समूहको हकप्रद सेयर खुला गरेको थियो । उक्त संस्थापक हकप्रद बिक्रीपछि चुक्ता पुँजी २७ करोड ३९ लाख ८२ हजार ५०० रुपैयाँ पुगेको छ । अहिले फेरि यही पुँजीको ३००% हकप्रद बिक्री गर्न लागिएको हो । यसपछि चुक्ता पुँजी १ अर्ब ९ करोड ५९ लाख ३० हजार रुपैयाँ पुग्नेछ ।
एभरेष्ट इन्सुरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४ करोड १ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी १४ रुपैयाँ ६६ पैसा रहेको एभरेष्टको प्रतिसेयर नेटवर्थ २३० रुपैयाँ ७७ पैसा छ ।
तपाईंको प्रतिकृया

लेखकबाट थप