माछापुछ्रे बैंकद्धारा श्री खण्ड माध्यमिक विद्यालयलाइ १० थान पङ्खा हस्तान्तरण

मोरङ्ग । माछापुछ्रे बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत मोरङ्ग जिल्लाकोे सुन्दरहरैचा वडा नं. ६ मा रहेको श्री खण्ड माध्यमिक विद्यालयलाई १० थान सिलिङ्ग पङ्खा हस्तान्तरण गरेको छ ।

तराईका जिल्लाहरुमा अत्याधिक गर्मीका कारण सरकारी विद्यालयहरुमा विद्याथीहरुको कम उपस्थिती देखिएने गरेकोले विद्यार्थीहरुको पढाईमा बाधा नपुगोस भन्ने उद्धेश्यले माछापुछ्रे बैंकले उक्त पङ्खाहरु प्रदान गरेको हो ।

बैंकको मोरङ्ग जिल्ला विराटचोकस्थित शाखा कार्यालय प्रमुख रमेश अधिकारीले उक्त श्री खण्ड माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद आचार्यलाई उक्त १० थान सिलिङ्ग पङ्खाहरु हस्तान्तरण गरे ।

माछापुच्छ्रे बैंकलेले आफ्नो सामाजिक उत्तदायित्व अन्र्तगत सुरक्षा निकायका बिभिन्न अंगहरुलाई भौतिक सहयोग तथा दैवि प्रकोपबाट प्रभावितहरुको उद्धार तथा पुर्नस्थापनामा महत्वपूर्ण योगदान पुर्याउदै आएको छ भने देशका विभिन्न स्थानहरुमा वृक्षारोपण, वित्तिय साक्षरता लगायतका कार्यक्रमहरुको आयोजना समेत गर्दै आएको छ ।

माछापुछ्रेबैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना ११५ वटा शाखाहरु र ११२ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २२७ स्थानवाट ६ लाख भन्दा बढि ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बंैकको देशभर १३७ वटा एटीएमहरु संचालनमा रहेको छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री